उदयपुर । उदयपुरको कटारीमा घर भत्किएर एक जनाको मृत्यु भएको छ । कटारी नगरपालिका ७ रिस्कुको पुरानो घर भत्किँदा ५२ वर्षीय राजे परियारको मृत्यु भएको हो ।
पुरानो घरमा एक्ले बस्दै आएका परियार त्यही सधैँ सुत्ने गरेका थिए । टायलले छाएको काठको पुरानो घर राति भत्किएको थियो । घर भत्किँदा मूल खाँबो र टायलले किचेर परियारको घटनास्थलमै मृत्यु भएको हो ।
घटनास्थल मै ज्यान गएका उनको शव निकाल्न घण्टौँ लागेको थियो । मृतकको शव पोस्टमार्टमका लागि कटारी प्रादेशिक अस्पताल पुर्याइएको छ ।
प्रतिक्रिया