पूर्वन्यायाधीश भण्डारीकाे संयाेकत्वमा सम्पत्ति जाँचबुझ आयाेग गठन

काठमाडौं। सरकारले ६२/६३ यताका सार्वजनिक पदधारीको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश राजेन्द्र भण्डारीको संयोजकत्वमा छानबिन आयोग गठन गरेको हो।

शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले भने ‘सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्र कुमार भण्डारीको संयोजकत्वमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्व प्रहरी नायब निरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेको ६२/६३ देखि हालसम्म सार्वजनिक पदधारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न समिति गठन गर्ने।’