पूर्णबहादुर खड्कालाई सोध्यो कांग्रेसले स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले नेता पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेको छ। आज बसेको अनुशासन समितिको बैठकले खड्कालाई कारबाहीको लागि ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

खड्काले पार्टीको लेटरप्याडमा कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकालेको आरोपमा अनुशासन समितिले कारबाही प्रक्रिया थालेको हो । यसअघि पनि विज्ञप्ति निकाल्दा सचेत गराइएको कांग्रेसले जनाएको छ ।

अनुशासन समितिका अध्यक्ष तारामान गुरुङले खड्काले पार्टीमा नभएको जिम्मेवारीमा छु भन्दै अनधिकृत वक्तव्य निकालेपछि स्पष्टीकरण सोधेको बताए । यसअघि सचेत गराउँदा समेत अटेर गरेर नक्कली लेटरप्याड प्रयोग गरेर पार्टीको विधान विपरीत कार्य गरेको बताए।