अब परराष्ट्र मन्त्रालयको भवनबाट गृह मन्त्रालय संचालन हुने

काठमाडौं । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय सञ्चालन हुँदै आएको भवनमा अबदेखि गृह मन्त्रालय सञ्चालन हुने भएको छ । यसअघि गृहमन्त्रालय सञ्चालन हुँदै आएको भवन भदौ २४ गतेको आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएपछि गृह मन्त्रालय परराष्ट्र मन्त्रालय रहेको भवनमा सारिएको हो ।

परराष्ट्र मन्त्रालय भने पहिलाकै भवनमा यथावत सञ्चालन हुँदैछ । परराष्ट्र मन्त्रालयको एउटा शाखा सञ्चालन हुँदै आएको भवनमा अब गृह मन्त्रालय सञ्चालन हुन लागेको हो । अहिले पुरानो गृह मन्त्रालयबाट आगलागीबाट जोगिएका सरसामान धमाधम नयाँ ठाउँमा सार्ने काम भइरहेको छ ।

अधिकारकर्मी समेत रहेका अधिवक्ता ओमप्रकाश अर्याल गृहमन्त्री बनेका छन् । उनलाई गृहसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।