सुर्खेत। दैलेखको दुल्लू नगरपालिका-१३ मालिकामा ‘बोक्सो’ आरोप लगाउँदै ५६ वर्षीय कर्णबहादुर कामीको हत्या अभियाेगमा उनकै भाइ पक्राउ परेका छन् । भाइ नाता पर्ने ४३ वर्षीय भुवनसिंह विकले हिजाे(बुधबार) साँझ कर्णबहादुरको घरमै पुगेर हँसिया प्रहार गरेर हत्या गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सुनील दाहालका अनुसार घटनापछि भुवनसिंहलाई पक्राउ गरेर अनुसन्घधानलाई अगाडि बढाईएकाे छ ।
प्रारम्भिक अनुसन्धानबाट भुवनसिंहले आफूलाई ‘बोक्सी मन्त्र लगाएर बिरामी पारेको’ भन्दै आक्रोशमा आएर कर्णबहादुरको हत्या गरेको देखाएकाे छ ।
प्रतिक्रिया