रेशम चौधरीको माफी मिनाहा सदर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई दिएको माफीमिनाहालाई सर्वोच्च अदालतले सदर गरेको छ ।

न्यायाधीशहरु शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीको माफीमिनाहा विरुद्ध परेको रिट निवेदन खारेज गरेसँगै उनको माफी मिनाहा भएको हो ।