हृदयघातका कारण प्रदेशसभा सदस्य गाैचनकाे मृत्यु

पाेखरा। गण्डकी प्रदेशकी सांसद विमला गौचनको हृदयघातका कारण निधन भएको छ ।

नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेकी गौचनको गएराती निधन भएको हो ।

उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई गएराती उपचारका लागि ग्राण्डी हस्पिटलमा लगिएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ ।

डेंगु संक्रमित भएकी उनको हृदयघातका कारण निधन भएको अनुमान छ ।