यसरी गराईयाे कांग्रेस पदाधिकारी तथा सदस्यहरुलाई शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारी तथा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आयोजित विशेष समारोहमा सभापति गगनकुमार थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शपथ लिएसँगै नयाँ कार्यसमिमतिले बिहीबारदेखि औपचारिक रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हालेको छ ।

थापाले भने यसअघि नै असोज ३१ गते दसैँको फूलपातीका दिन पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालका अनुसार यसपटकको शपथ ग्रहण कार्यक्रम विगतको भन्दा फरक ढाँचामा सम्पन्न गरिएको हो ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरणसँगै पदबहालीसमेत गराइएको उनले जानकारी दिए । यससँगै आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा नयाँ कार्यसमितिको पहिलो बैठक पनि बस्दैछ ।