हिमपहिराेमा पुरिएर दुई आराेहीकाे मृत्यु

काठमाडौं । मनास्लु हिमालमा हिउँपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतीय मूलका जर्मन नागरिक आरोही ध्रुवज्योति गुहा र उनका नेपाली आरोहण सहयोगी फुर्सेम्बा शेर्पा रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार तेस्रो शिविरमा टेण्टभित्र सुतिरहेका बेला माथिबाट आएको हिउँपहिरोले पुरिएर उनीहरूको मृत्यु भएको हो। करिब सात फिट हिउँले टेण्ट पुरिँदा दुवै जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

गुहा र शेर्पा मकालु एड्भेञ्चर कम्पनी प्रालिमार्फत मनास्लु आरोहणका लागि गएका थिए। उनीहरूको शव सोमबार हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ। यससँगै चालु आरोहण याममा मनास्लुमा ज्यान गुमाउने आरोहीको संख्या चार पुगेको छ।

यसअघि सिङ्गापुरका ५० वर्षीय आरोही लाउ वी सेङको दोस्रो शिविरमा मृत्यु भएको थियो। त्यस्तै, नेपाली आरोहण सहयोगी २० वर्षीय टासी शेर्पाको आधारशिविरमा मृत्यु भएको थियो। यस याममा मनास्लु आरोहणका लागि ४८० विदेशी आरोहीले अनुमति लिएका छन्। आरोहणको रोप फिक्सिङसमेत सम्पन्न