काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकअघि निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक, सचिवालय बैठक बस्ने भएको छ ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार असोज ४ गते कार्यदलको बैठक बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने भएको हाे ।
यसअघि बसेको कार्यदलमा दुई वटा प्रतिवेदन आएकाले एकै प्रतिवेदन तयार गर्नका लागि बैठक आह्वान गरिएको छ । त्यसैगरी कार्यदलको बैठक सकेर केन्द्रीय सचिवालयको बैठक असोज ४ गते नै दिउँसो दिउँसो १ बजे च्यासलमै बस्ने भएको छ ।
यसअघि कार्यदलको बैठकमा प्रतिवेदनबारे समझदारी नजुटेकाले यहाँबाठ कस्तो निर्णय हुने भन्ने चासो एमाले नेता तथा कार्यकर्तामा रहेको छ ।
कार्यदल र केन्द्रीय सचिवालय बैठक सकेपछि केन्द्रीय कमिटीको बैठक असोज ५, ६ र ७ गते बस्ने तालिका तय भएको छ ।
यो बैठक भने रामबाग महल, भनिमण्डल, ललितपुर बस्ने भएको प्रचार विभाग प्रमुख आचार्यले जनाएका छन् ।
यो बैठकमा पेश गर्ने प्रतिवेदन अध्यक्ष ओलीले तयारी गरेका छन् ।










प्रतिक्रिया