काठमाडौं । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट आज (शनिवार) थप ११ वटा शव फेला परेको छ।
नेपाली सेनाले जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ११ वटा शवहरू फेला परेको जानकारी गराएको छ ।
उक्त शवहरू उद्धार गरेर बाहिर निकालिएको सेनाले जनाएको छ । गत १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन भएकाहरूको अहिले पनि खोजी जारी छ । उक्त टनेलमा थप खोजी कार्य जारी रहेको सेनाले जनाएको छ ।










प्रतिक्रिया