प्रधानमन्त्रीसँगकाे बैठक सकिएलगत्तै समातिए गाउँपालिका अध्यक्ष तामाङ

काठमाडौं । नुवाकाेटकाे किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङलाई प्रहरीले पक्राउ गरेकाे छ ।

अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन शाहसँग भएको छलफलमा सहभागी भएका थिए । सो छलफलमा सहभागी भएर फर्कने क्रममा उनलाई गेटबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार अध्यक्ष तामाङलाई बैंकिङ कसुरको मुद्दामा पक्राउ गरिएको हो । 

प्रधानमन्त्री शाहले आज बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग छलफल गरेका थिए । उनी सोही छलफलमा सहभागी हुन सिंहदरबार पुगेका थिए ।

उनीमाथि बैकिङ कसुरमा पक्राउपुर्जी जारी भएकाे थियाे ।