बाढीपीडितलाई बस्ती विकास गरि विकास गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन साहले बाढीपीडितलाई बस्ती विकास गरि स्थानन्तरण गर्ने तयारी गरिएकाे बताएका छन् ।

उनले नदी तटीय क्षेत्रमा रहेका बस्ती पुनः जोखिममा पर्नसक्ने भएकाले प्रभावित क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताएका हुन् ।

सरकारले नजिकैको सुरक्षित स्थानमा नयाँ बस्ती विकास गर्ने तयारी थालेको जानकारी दिँदै उनले रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति र खेतीयोग्य जमिनको संरक्षणलाई ध्यान दिएर वैज्ञानिक बस्ती व्यवस्थापन गर्नुपर्ने बताए ।

प्रधानमन्त्री शाहले सुरक्षित स्थानमा आवश्यक जग्गा पहिचान गरी संघ सरकारलाई सिफारिस गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे। छलफलबाट प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्नसमेत सहयोग पुगेको उनको भनाइ छ ।