हेर्नुहाेस् तपाईंकाे आजकाे राशिफल

मेष : दिन उपलब्धिमूलक छैन । रोगव्याधिको भय, आर्थिक क्षति, सम्मानमा चोट हुन सक्छ ।

वृष : बिहान लाभ होला । त्यसपछि भने रोगव्याधिको भय, कार्य बाधा नहोला भन्न सकिन्न ।

मिथुन : समय उत्तम फलदायक छ । आर्थिक लाभ, स्वास्थ्य लाभ, प्रेममा सफलता हुन सक्छ ।

कर्कट : बिहान कार्य सफल हुने देखिँदैन तर त्यसपछि भने धन लाभ, विजयको सम्भावना छ ।

सिंह : स्वास्थ्य प्रतिकूल हुने, कार्य असफल, धन नाश हुने देखिन्छ । सजग रहनु नै बेस ।

कन्या : बिहान लाभ, पराक्रम होला । त्यसपछि भने दौडधूप, तनाव, खर्च हुन सक्छ ।

तुला : बिहान दुःख पर्ला तर त्यसपछि भने क्षमता वृद्धि, पुरस्कार प्राप्तिको सम्भावना छ ।

वृश्चिक : बिहान खाद्यान्न लाभ हुन सक्छ । त्यसपछि भने राज्यबाट भय, शोक–सन्ताप होला ।

धनु : बिहान हानि भए पनि त्यसपछि भने भाग्योदय, कार्य सफल, सन्तोष हुने देखिन्छ ।

मकर : बिहान उत्तम भोजनसहित लाभ होला । त्यसपछि भने बिरामी, चोटपटकको भय होला ।

कुम्भ : दिन शुभ भएकाले सुख–सन्तोष, कार्य सफल, सेवा वा वस्तु प्राप्ति हुने सम्भावना छ ।

मीन : बिहान केही संकट आइपर्ला । त्यसपछि भने फाइदा, सफलता, मन प्रफुल्लित हुन सक्छ ।