सेल्फि खिच्न लाग्दा चिप्लिएर भेरी नदीमा खसे दुई युवा

रुपन्देही । मोबाइलबाट सेल्फी खिच्दै भिडिओ बनाउने क्रममा भेरी नदीमा पुगेका दुई युवा नदीमा बेपत्ता भएका छन् ।

बेयसरी पत्ता हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का १८ वर्षीय हर्सित तमोली जयसवाल र आमिर अलि शाह रहेका छन् । उनीहरू घुम्न र आफन्तकहाँ भेटघाटका लागि सुर्खेत पुगेका थिए । भेरी नदीको पुल नजिक भिडिओ बनाउने क्रममा नदीमा पसेपछि बगेको सूचना आएको सुर्खेत प्रहरीले जनाएको छ ।

उनीहरूको गोताखोर प्रयोग गरेर खोजी भइरहे पनि अहिलेसम्म फेला नपरेको प्रहरीले बताएको छ ।