काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो मन्त्रिपरिषद्का दुई मन्त्रीहरुसँग जहाजमा रहँदा खिचिएको फोटो सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल सँगै उभिएको फोटो सार्वजनिक गर्दै देश उँभो लाउने टोली भन्दै फोटो तस्वीर सियर गर।ेका हुन् ।
जहाँ उनले क्याप्सनमा लेखेका छन्, ‘देश उँभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’
प्रधानमन्त्री शाहसँगै मन्त्रीहरू वाग्ले र खनाल भारत भ्रमणमा गएका थिए ।
शाहले यसअघि गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्सालसँग बसेको तस्वीर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भन्दै लेखेका थिए ।










प्रतिक्रिया