मेष : दिन शुभ हुँदा धन लाभ, सफलता होला । बेलुकीपख भने अस्वस्थता नहोला भन्न सकिन्न ।
वृष : तपाईंका लागि समय शुभ छ । पैसा प्राप्ति, विजय, सम्मान, समस्या समाधान हुन सक्छ ।
मिथुन : शुरुमा कार्य असफल भए पनि बेलुकीपख भने लाभ एवं सफलता मिल्ने सम्भावना छ ।
कर्कट : दिन शुभदायक नहुँदा अपच, दिनचर्या अस्तव्यस्त, शोकसन्ताप नहोला भन्न सकिन्न ।
सिंह : लाभ, सम्मानको सम्भावना छ । बेलुका भने अलि कष्ट आइपर्न सक्छ, सजग रहनु बेस ।
कन्या : पूर्वाह्न धन नाश, दुःख–कष्ट हुन सक्छ । तर बेलुका आर्थिक लाभ, सफलता होला ।
तुला : उपहार, मिष्ठान्न भोजनको सम्भावना छ । बेलुकीपख भने खर्च, आँखामा समस्या हुन सक्छ ।
वृश्चिक : शुरुमा अस्वस्थता, विवाद हुन सक्छ तर बेलुकीपख लाभ, सफलता प्राप्ति हुने सम्भावना छ ।
धनु : मिष्ठान्न भोजन, द्रव्य प्राप्तिको सम्भावना छ । बेलुका भने नोक्सानी व्यहोर्नुपर्ने पनि हुन सक्छ ।
मकर : समय उत्तम फलदायक छ । सुख–सन्तोष, कार्य सिद्धि, पैसा प्राप्ति, परिवार–सुख होला ।
कुम्भ : राज्यबाट त्रास, असफलताको सम्भावना भए पनि बेलुकीपख भने सुख–सन्तोष होला ।
मीन : तपाईंका लागि समय त्यति अनुकूल देखिँदैन । रोगको भय, कार्य बाधा, चिन्ता हुन सक्छ ।
प्रतिक्रिया