शेरबहादुर देउवाले किन बाेलाए मन्त्रीहरुलाई बुढानिलकण्ठ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई बूढानीलकण्ठ बोलाएका छन् ।

पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग सामूहिक छलफल गर्न देउवाले भोलि उनीहरूलाई आफ्नाे निवासमा बेलाएकाे देउवाकाे सचिवालयले जनाएको छ ।

कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा नेतृत्व गरिरहेका छन् । एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा १० मन्त्री र दुई राज्यमन्त्री सहभागी छन् ।

सरकार गठन भएको ६ महिनासम्म पनि ओली सरकारले जनअपेक्षित काम गर्न नसकेको भन्दै आलोचना भइरहेको बेलामा देउवाले आफ्ना मन्त्रीहरूसँग छलफल गर्न लागेका हुन् ।