साबेलले हान्दा माेक्तानकाे गयाे ज्यान

हेटौंडा । मकवानपुरमा साबेल प्रहार हुँदा एक जनाकाे ज्यान गएकाे छ ।

मनहरी क्षेत्रमा मजदुरी काम गर्ने ५० वर्षका जीतबहादुर मोक्तानलाई सँगै मजदुरी गर्ने ३४ वर्षका अम्बरबहादुर लोप्चनले सुतिरहेको अवस्थामा साबेल प्रहार गर्दा उनकाे ज्यान गएकाे मकवानपुर प्रहरीले जनाएको छ ।

साबेल प्रहारबाट गम्भीर घाइते भएका मोक्तानलाई उपचारको लागि भरतपुर लगिए पनि उनलाई अस्पतालका डाक्टरले मृत घोषण गरेको प्रहरीको भनाइ छ ।

हत्या आरोपी लोप्चनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ ।