मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री बालेन शाहले बाेलाएकाे बैठक प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्नेछ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपराह्न ३ बजे बस्नेछ । यसअघि असोज ३० गते क्याविनेट बसेको थियो ।

पत्रकार पक्राउ, सहसचिवहरूको धरपकड र ठेक्का रद्धलगायतका सरकारका पछिल्ला कदमको चर्को विरोध भइरहेका बेला बस्न लागेको बैठकले महत्त्वपूर्ण निर्णय गर्ने तयारी रहेको जनाइएको छ ।