काठमाडौँ । पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकमा आज २ घण्टा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै हिजोबाट मझिमटारमा आकाशे पैदल पुलको यात्रु आवागमन गर्ने भाग राख्ने काम भइरहेको र नसकिएकाले आज पनि आवागमन बन्द गरेर काम गर्नु पर्ने जनाएको हाे।
कार्यालयले आज बिहान ९ बजेदेखि ११ बजेसम्म काम हुने भएकाले यो अवधिमा सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रुपमा बन्द गरिएको जनाएको छ ।










प्रतिक्रिया