काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा अख्तियारले छापा मारेर केही कर्मचारीलाई पक्राउ गरेकाे छ ।
छापा मारेर केही कर्मचारीलाई मोटो घुस रकमसहित रंगेहात पक्राउ गरेकाे हाे ।
अख्तियारका सहायक प्रवक्ता पर्वत गिरीले केहीलाई पक्राउ गरेकाे जानकारी दिएका छन् । व्यक्तिको नाम, बरामद रकमलगायतका विषयमा मुचुल्का हुँदै गरेको भन्दै उनले केहीबेरमा विस्तृत विवरण सार्वजनिक गरिने बताए ।
घुस लेनदेनको सूचनाको आधारमा अख्तियारको टोली प्रहरी लिएर पुगेको थियो ।









प्रतिक्रिया