काभ्रेको प्रत्येक स्थानीय तहमा ‘पर्यटकीय हब’ बनाउने अवधारण

काभ्रेपलाञ्चोक । जिल्लालाई पर्यटकमैत्री रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारिएको छ । होटल सङ्घ, काभ्रेपलाञ्चोकले सदरमुकाम धुलिखेललाई मुख्य आधार ९हब० बनाएर स्थानीय तहका गन्तव्यमा दिवा भ्रमण ‘डे ट्रिप्स’ गराउने रणनीतिक प्रस्ताव अघि सारेको हो ।

सङ्घका अध्यक्ष प्रल्हाद प्याकुरेलले जिल्लाका होटल व्यवसायको वर्तमान अवस्था, लगानी, रोजगारी तथा १३ वटै स्थानीय तहका पर्यटकीय सम्भाव्यतालाई विस्तृत रूपमा समेट्दै अवधारण अघि सारेका हुन् । सङ्घले मुख्य पर्यटकीय सहर धुलिखेललाई मुख्य पर्यटकीय (हब) बनाई जिल्लाका अन्य १२ वटा विशेष गन्तव्यलाई प्राथमिकतामा समेत राखिएको उल्लेख छ ।

होटल व्यवसायमा करिब रु २८ अर्बको लगानी रहेको र जम्मा १८९ वटा होटल सञ्चालनमा रहेको उल्लेख छ । धुलिखेल क्षेत्रमा ८८, नगरकोट क्षेत्रमा ६३, बनेपामा १५, दोलालघाटमा सात, पनौती ९बल्थली र ९कुशादेवी क्षेत्रमा सात, नमोबुद्धमा छ र पलाञ्चोकमा तीनवटा होटल रहेका छन् ।

धुलिखेल क्षेत्रमा मात्रै होटल व्यवसायमा निजी क्षेत्रको करिब रु २५ अर्ब लगानी भइसकेको छ । प्रस्तुत तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाबाट रु १५ अर्ब कर्जा परिचालन भएको र व्यवसायीले वार्षिक करिब रु एक अर्ब ब्याज बुझाउँदै आएका छन् । धुलिखेलका ८८ वटा होटलमा एक हजार ३५० कोठा र दुई हजार ८५० बेड क्षमता उपलब्ध छ ।

जिल्लस्थित पर्यटकीय क्षेत्रले वार्षिक रु दुई अर्ब बढीको कारोबार गर्दै राज्यकोषमा रु तीन करोडभन्दा बढी कर योगदान गरेको अवधारण पत्रमा उल्लेख छ । व्यवसायमा ८० प्रतिशत अर्थात् एक हजार ३०० लाई प्रत्यक्ष रोजगारी प्रदान गरेको उल्लेख छ । कुल रोजगारीमध्ये ८० प्रतिशतभन्दा बढी (एक हजार ४० जना) काभ्रे जिल्लाभित्रकै स्थानीय नागरिक छन् ।

विविधतायुक्त पर्यटकीय सम्भाव्यता समुद्री सतहको २८० मिटर (कोखाजोर खोला)देखि तीन हजार १८ मिटर (बेथानचोक नारायणस्थान)सम्म फैलिएको काभ्रेपलाञ्चोक प्राकृतिक तथा सांस्कृतिक रुपमा सम्पन्न छ । राजधानी काठमाडौँसँगको निकटता, अरनिको र बिपी राजमार्गको सहज पहुँच, काठमाडौँ विश्वविद्यालय तथा धुलिखेल अस्पतालजस्ता प्रतिष्ठित संस्थाले यहाँको पर्यटन पूर्वाधारलाई बलियो बनाएका छन् ।

सङ्घले जिल्लाका स्थानीय तहअनुसार पहिचान गरिएका प्रमुख गन्तव्य तथा विशेषतामा धुलिखेल र बनेपा ऐतिहासिक नेवारी बस्ती, हजार सिँढी, चण्डेश्वरी, गौखुरेश्वर, साँगा ९कैलाशनाथ० तथा स्वास्थ्य एवं शैक्षिक पर्यटन रहेको छ । 

पनौती र बल्थलीमा त्रिवेणी घाट, मकर मेला, इन्द्रेश्वर मन्दिर (प्रस्तावित विश्व सम्पदा सूची), सांस्कृतिक पदयात्रा र होमस्टे, नमोबुद्ध–दाप्चामा विश्वप्रसिद्ध बौद्ध स्तूप, बुद्ध सर्किट, गुम्बा र तामाङ संस्कृति, पाँचखाल तथा मण्डनदेउपुरमा पलाञ्चोक भगवती, कृषि पर्यटन, नगरकोटको दृश्यावलोकन र इन्द्रावती किनार रहेको हो ।

जिल्लाको दक्षिणीक्षेत्र बेथानचोकमा तीन हजार १८ मिटर अग्लो नारायणस्थान डाँडा, दृश्यावलोकन, साहसिक पदयात्रा र खुवा उत्पादन, जिल्लाको दक्षिण–पूर्विी क्षेत्र रोशी र तेमालमा तीनधारे झरना, तारा खसेको ताल, बोधिचित्तको उद्गम र रेञ्जेन दोर्जे दरबारको अवशेषलाई प्राथमिकता दिइएको छ ।

यस्तै भुम्लु, चौँरीदेउराली, महाभारत र खानीखोला गाउँपालिकामा सुनकोशी–इन्द्रावती दोभान, ¥याफ्टिङ, महाभारतको बाक्लो जङ्गल, सात थरि लालीगुराँस, कफीखेती तथा अग्र्यानिक कृषिलाई पर्यटकीय पूर्वाधार विकासको प्राथमिकतामा राखिएको छ ।

यसका साथै धुलिखेल–कुशादेवी–चण्डेनी क्षेत्रमा प्याराग्लाइडिङको सफल परीक्षण भइसकेको छ । दोलालघाट–दुम्जा रुटमा रिभर र्याफ्टिङ, रक क्लाइम्बिङ तथा चरा÷पुतली अवलोकन केन्द्रको उच्च सम्भावना छ ।

सङ्घले धुलिखेललाई देशकै पहिलो पर्यटकमैत्री सहर घोषणा गर्न, पनौती र नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन, पर्यटक प्रहरी परिचालन गर्न र सार्वजनिक–निजी साझेदारी (पिपीपी) मोडलमा स्थायी पर्यटन संयन्त्र निर्माण गर्न सरकारसँग मागको प्रक्रिया अघि बढाएको छ ।