काठमाडौं । धनुषामा छठघाट कुरेर बसेका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । गए राति छठघाट कुरेर बसेका शहीदनगर नगरपालिका-२ निवासी मनेजर भन्ने ६० वर्षीय रामजतन यादव छटघाटमा मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार मतौना गाउँदेखि पूर्वतर्फ निर्माण भएको शिव मन्दिरको प्राङ्गणस्थित छठघाटमा राति एक्लै पूजा सामग्री कुरेर बसेका उनको शङ्कास्पद मृत्यु भएको हाेष । यादवको गालामा चोटको निशान र रगत देखिएको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया