काठमाडौं । धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्ले खोलाकाे पहिरोले पुरिएको ३५ जनाको शव निकालिएकाे छ ।
असोज ११ गते शुक्रबार बिहान बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर जिप र चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख १३४५ नम्बरको हायस पहिरोमा पुरिएको थियो भने गोरखाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पहिरोमा परेको थियो । यसैगरी बा १ प १३८८ नम्बरको बसमा पनि क्षति पुगेको थियो ।
पहिरोमा पुरिएको विंगर जिपमा सवार ८ जना पुरुष, ५ जना महिला र एक जना बच्चा गरी १४ जना, हायसमा सवार १२ जना पुरुष र ४ जना महिला तथा बसमा सवार ५ जना पुरुष यात्रुहरु पहिरोमा पुरिएका थिए ।
पहिरोमा पुरिएकाहरुको सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजी तथा उद्धार कार्य गरिरहेको छ । उद्धार कार्यमा सशस्त्र प्रहरी बल, नेपाल नं. १८ निलबराही गण काठमाडौंबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको टोलीले तीन वटा जेसीबीको सहायताले पहिरो पन्छ्याई खोजी तथा उद्धार कार्य गरिरहेको छ । सम्भवत आजै सो सडक एकतर्फी खुलाउने तयारी गरिएकाे छ ।
प्रतिक्रिया