काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको मंसिर ८ गतेको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको हो ।
सरुवाअनुसार जिल्ला प्रहरी परिसर भक्तपुरको प्रमुखमा रुकेश तण्डुकार र जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखमा दानबहादुर थापा खटिएका छन् ।
नयाँ जिम्मेवारीअनुसार बारामा कुमार विक्रम थापा, मोरङमा दिलीपकुमार गिरी, उदयपुरमा धर्मराज भण्डारी, तनहुँमा नरेशराज सुवेदी, बाँकेमा नवराज मल्ल र सिन्धुपाल्चोकमा निरञ्जन दत्त भट्ट खटिएका छन् ।
त्यस्तै, पूर्वी नवलपरासीमा निर्मल बुढाथोकी, बर्दियामा बालनरसिंह राणा, धादिङमा भरत लामा, कास्कीमा मोहनबहादुर खाण, कैलालीमा यादव ढकाल, पाल्पामा रविन श्रेष्ठ, सप्तरीमा रूपक खड्का र दाङमा श्यामु अर्याललाई पठाइएको छ ।
यसैगरी, पर्सामा यसअघि काजमा खटिएका पवनकुमार भट्टराई र सुनसरीमा पुष्पराज मल्लको सोही स्थानमा दरबन्दी कायम गरिएको छ ।
हेर्नुसहाेस् सूची
















प्रतिक्रिया