काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही भूभागमा आंशिक बादल लाग्ने देखिएको छ । अन्य भूभागमा मौसम सफा रहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रका साथै कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
यस्तै आज राति कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्रका साथै बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ।
कोशी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।










प्रतिक्रिया