काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको औपचारिक राजकीय भारत भ्रमणमा ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डल सहभागी भएको छ ।
प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र सहभागी रहनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
त्यसैगरी, नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङ, प्रधानमन्त्रीका प्रमुख निजी सचिव सुभाष शर्मा र लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याब प्रतिनिधिमण्डलमा रहेका छन् ।
भ्रमण दलमा परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार जगदीश्वर पाण्डे, प्रधानमन्त्रीका निजी सचिव प्रदीप परियार, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव गेहेन्द्रराज राजभण्डारी, शिष्टाचार महापाल कुमारराज खरेल, परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री, अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालयका सहसचिव सुभाष ढकाल सहभागी छन् ।
यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनील पौडेल, प्रधानमन्त्रीको सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक दीपा दाहाल, परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखा उपसचिव ललिता सिलवाल, उपसचिव, विजयराज तण्डुकार, परराष्ट्रमन्त्रीको प्रमुख निजी सचिव लोचन पौडेलसहित तीन सुरक्षाकर्मी र तीन सञ्चारकर्मी छन् ।
भ्रमणका क्रममा निजी क्षेत्रबाट आफ्नै व्यवस्थानपमा व्यवसायी, उद्यमी र सञ्चारकर्मी भारतमा रहनेछन् ।










प्रतिक्रिया