काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह सवल हुँदा विकासमा तिव्रता आउने बताएका छन् ।
आज पार्टीका स्थानीय तहका जनप्रतिनिधिहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले नै स्थानीय तहलाई बलियो बनाउने सुरु गरेको बताए । ‘स्थानीय तहको सवलीकरणका कुरा गर्दा एमालेको ०५१ सालको सरकारलाई भुल्नु हुदैन’ ओलीले भने ‘त्यती बेला जनश्रमदान गरेर गाउँ गाउँमा सडक र नहर बनाउने कामको थालनी एमालेले नै गरेको हो ।’
अध्यक्ष ओलीले स्थानीय तह सवलिकरण हुँदा देशलाई कुनै हानी नहुने बताए । उनले स्थानीयलाई स्वायत्तता दिनुपर्ने बताए ।
‘स्थानीय तहलाई कार्यकारी,विधायिकी र न्यायिक अधिकार दिनुपर्दछ’ अध्यक्ष ओलीले भने ‘सक्षम स्थानीय तहबाटै जनताले संघीयताको अनुभुत गर्न पाउछन् । ’ राष्ट्रपति,प्रधानमन्त्री,मन्त्री गाउँ गाउँ पुग्न नसक्ने तर राज्यको प्रतिनिधिको रुपमा स्थानीय तहका प्रतिनिधि जनताका घर घर पुग्नुपर्ने बताए ।
भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने क्रम जारी छ ।










प्रतिक्रिया