काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले अध्यक्षमा उठ्ने घोषणा गरेका छन् ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीको सर्वोच्च नेता बनाउने प्रस्ताव गरे। उनले लिङ्देनसहित सबै शीर्ष नेताहरूलाई अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरे।
राप्रपाको महाधिवेशन मंसिर २६ देखि २८ गते काठमाडौंमा हुँदै छ ।










प्रतिक्रिया