दैलेख । ठाटीकाँध गाउँपालिका–४ धनकोटमा हँसिया प्रहार गरी कुटपिट गर्दा एकै परिवारका पाँच जना घाइते भएका छन् । हसिया प्रहार गर्ने सोही ठाउँ बस्ने अन्दाजी ३६/३७ वर्षीय बमबहादुर रावतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज बिहान करिब ५:०० बजे रावतले स्थानीय चन्द्रबहादुर पुन मगरको घरमा गई धारिलो हतियार (हँसिया) प्रहार गरी कुटपिट गर्दा पुनकी श्रीमती, बुहारी, दुई छोरी र तीन महिनाकी नातिनी घाइते भएका हुन् ।
घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको र ऐ.११:०५ बजेको समयमा बिमा मगर लाई स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागी जिल्ला अस्पताल दैलेख तर्फ पठाएकाे प्रहरीले जनाएकाे छ।
घाइतेहरूको विवरण:
१. चन्द्रबहादुर पुनकी श्रीमती वर्ष ४५ की बिमा मगर — टाउको र अनुहारमा चोट, अवस्था गम्भीर ।
२. पुनकी भाइबुहारी वर्ष २५ की महेसरा पुन — दुवै हत्केला छिनिएको ।
३. पुनकी छोरी वर्ष २० की लक्ष्मी पुन — अवस्था मध्यम ।
४. पुनकी छोरी वर्ष २३ की तिला पुन मगर — अवस्था मध्यम ।
५. तिला पुन मगरकी तीन महिनाकी छोरी जानकी रोक्का मगर — अवस्था मध्यम ।
घटनाबारे बिहान करिब ५:०० बजे प्रहरी चौकी ठाटीकाँधमा खबर प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक लालबहादुर शाहीको कमाण्डमा चार जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बिहान ८:४० बजे इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कडेलको कमाण्डमा नौ जनाको थप प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ ।










प्रतिक्रिया