पुनर्वहाली माग गर्दै सर्वोच्च अदालत गुहारेका कार्कीकाे मुद्दाकाे पेसी कात्तिक ३० लाई ताेकियाे

काठमाडौं । सरकारद्वारा प्रहरी प्रमुखबाट बर्खास्तीमा परेका दानबहादुर कार्कीले पुनर्वहाली माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटउपर कात्तिक ३० गते पेसी तोकिएको छ

कार्कीको तर्फबाट कानूनी प्रतिरक्षाकर्ता अधिवक्ता टीकाबहादुर कुँवरले ३० गते पेसी चढेको जानकारी दिए ।

कार्कीले प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ विपरीत आफूलाई पदबाट हटाइएको भन्दै महानिरीक्षक पदमा पुनर्वहालीका लागि र नवनियुक्त महानिरीक्षकलाई कामकाज नगर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन् ।

कार्कीको मुद्दा नम्बर 082-Wo-0494 रहेको छ ।