कांंग्रेसकाे संंसदीय दलकाे बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा भाेली (सोमबार) बिहान साढे ८ बजे बैठक बस्ने तय भएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेस सभापति गगनकुमार थापाले आइतबार सरकारको कार्यशैली र सञ्चालनबारे पार्टीको धारणा सार्वजनिक गरेका थिए । उनले सरकार सञ्चालनको शैलीप्रति प्रश्न उठाउँदै विभिन्न विषयमा असन्तुष्टि जनाएका थिए ।

सभापति थापाको धारणा सार्वजनिक भएपछि बस्न लागेको संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको छ ।