अभियन्ता बिजय थापाको दुधौलीबाट मेयरमा चुनाब उठ्ने तयारी

काठमाण्डौ । अभियान्ता बिजय थापा सिन्धुलीको दुधौली नगरपालिका प्रमुखमा चुनाब लड्ने तयारीमा जुटेका छन् । राजधानीमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अभियन्ता थापाले मेयरमा चुनाब लड्ने तयारी गरेको बताए ।


दुधौली नगरपालिकाको मेयरमा चुनाब लड्ने तयारी गरिरहेको छु , थापाले भने , यसका लागि आन्तरिक तयारीमा जुटेको छु ।


नागरिक बचाउ महाअभियान चलाईरहेका थापाले सँधै सडकबाट मात्रै पिडितहरुको मुद्धा समाधान गर्न नसकिने भएकाले आफू स्थानीय तहको प्रमुख भएर लघुबित्त , मिटर ब्याज पिडित र गरिब किसानको सेबामा लाग्ने बताए ।


स्वतन्त्रबाट चुनाब उठ्ने जानकारी दिदै थापाले भने , मैले नगरपालिकाको नेतृत्व सम्हालेको दिनबाट दुधौली नगरपालिकाबाट सबै वित्तिय सँस्थाका कार्यालय रहने छैनन् , सबै बन्द गराईने छ ।


दुधौलीका किसान , दुखी , पिडितहरुको मुद्धा बोकेर संघर्ष गरिरहेको बताउँदै थापाले दुधौलीलाई दनुवार समुदायको संग्राहालयको रुपमा स्थापित गर्दै कृषी पर्यटकीस्थल बनाउने आफ्नो लक्ष्य रहेको बताए ।


बिद्रोही स्वाभावका बिजय राजनीतिक रुपमा मेडिकल ब्यबसायी दुर्गा प्रशाईँ निकट मानिन्छन् । कुनै बेला रैथाने एकता परिषद्को नेतृत्व समेत गरेका थापा यतिबेला भने नागरिक बचाउ महाअभियानमा सकृय रहेका छन् ।