काठमाडौं । प्रतिपक्ष दलहरूको संयुक्त बैठकले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल माथी राजनीतिक प्रतिशोध राखिएको निष्कर्ष निकालेका छन् ।
पतञ्जली जग्गा हिनामिना प्रकरणमा पुर्व प्रधानमन्त्री नेपाल माथी १८ करोड बढीको भ्रष्टाचारका मुद्दा दर्ता राजनीतिक प्रतिशोधवाट भएको निष्कर्ष निकालेको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नयाँ बानेश्वरस्थित कार्यकक्षमा बसेको प्रतिपक्षी दलको बैठकले सो निष्कर्ष निकालेको उनले जानकारी दिए । सरकारको नीतिगत निर्णयमा अख्तियारले मुद्दा लगाए पछि निकै गम्भिरू रूपमा प्रश्नचिन्ह खडा भएको पनि उनको भनाइ छ ।
‘माधव नेपालविरूद्ध मुद्दा दर्ता हुनुमा प्रधानमन्त्रीको प्रतिशोधको गन्ध आएको छ,’ उनले संक्षिप्त प्रतिक्रियामा भने ।
प्रतिक्रिया