जबरजस्ती करणी गरेको अभियोगमा तीनजना पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

बाँकेमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जानकी गाउँपालिका–६ कोठापुर बस्ने २५ वर्षीय चिराग खान पक्राउ परेका छन ।

चिरागले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

उता, रसुवामा  १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा आमाछोदिङमो गाउँपालिका–५ तातोपानी बस्ने २४ वर्षीय फुर्पु नाम्घेल तामाङ र २२ वर्षीय दावा नुर्पु तामाङ रहेका छन् ।

उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी थाम्बुचेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।