काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएकाे छ ।
प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएकाे हाे ।
भेटवार्तामा पछिल्लो समसामयिक राजनीति लगायतबारे छलफल भएको स्रोतले जनाएको छ । गृहमन्त्री समेत रहेका कांग्रेस सांसद रमेश लेखकमाथि उठेको प्रश्नबारे पनि उनीहरूबीच छलफल भएको स्रोतको भनाइ छ ।
त्यस्तै, राजावादीहरूले गणतन्त्र दिवसको दिन पारेर गर्न लागेको प्रदर्शन, आगामी बजेट लगायतका विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ ।
प्रतिक्रिया