युवा संघमा क्षितिज र सुमन भिड्दै

काठमाडौं । नेकपा एमालेकाे भातृ संगठन राष्ट्रिय युवा संघको पोखरामा जारी १०औं महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढेको छ ।

निर्वाचन समितिले भर्खरै सार्वजनिक गरेको तालिकाअनुसार अपरान्ह ४ देखि साँझ ६ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

महाधिवेशनबाट फेरि दोहोरिन चाहेका वर्तमान अध्यक्ष क्षितिज थेवे र महासचिव सुमन पुरीबीच प्रतिस्पर्धा देखिएको छ । तर, नेताहरू सर्वसम्मतको प्रयासमा जुटेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन भन्दै थेवेलाई अध्यक्ष बनाउने र पुरीलाई पार्टीमा व्यवस्थापन गर्ने चर्चा भएपनि उनले मानिरहेका छैनन् ।