काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं. १० ले “क्षमता विकास, कर प्रणाली अभिमुखिकरण तथा व्यवसायी सम्मान कार्यक्रम” भव्य रुपमा सम्पन्न गरेको छ ।
गाउँ विकास समिति कालदेखिका दर्ता भई हालसम्म नविकरण गरेका व्यवसायीहरुलाई विशेष सम्मान गर्दै कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा ५० भन्दा बढी व्यवसायीहरुलाई छाता, डायरी, प्रमाणपत्र तथा खादा मालाले सम्मान गरिएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै वडा अध्यक्ष नवराज भट्टराईले स्थानीय व्यवसायीहरू वडा विकासको मेरुदण्ड भएको र उहाँहरूको योगदानको सम्मान गर्नु स्थानीय सरकारको कर्तव्य रहेको जानकारी दिनुभयो । उहाँले व्यवसायीहरुलाई धन्यबाद व्यक्त गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी नीति र कार्यक्रमहरू मार्फत व्यवसायीहरूसँग सहकार्य गर्दै जाने बताँउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष नवराज भट्टराई, वडा सदस्य चन्द्रमान श्रेष्ठ, रिता दाहाल, दिल कुमारी बि.क., वडा सचिव भोला ढुङ्गाना लगायत वडा कार्यालयका सम्पूर्ण कर्मचारी तथा स्थानीय व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रतिक्रिया