बैतडीमा बिहानै भुकम्पकाे धक्का

बैतडी। आज बिहानै बैतडी सदरमुकाम भएर भूकम्प भएको छ ।

सुर्खेतिस्थित भूकम्प मापन केन्द्रका अनुसार सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे ५‍.१ र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो ।

लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए ।

भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको र भुकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त हुन बाँकी छ ।