एउटा ‘शो’ का लागि ५४, ७१४ करोड भन्दा बढी लगानी, हुने भयाे विश्वकै महंगो शो

काठमाडौं । संसारको सबैभन्दा महँगो शो कुन हो र यसलाई बनाउन कति पैसा खर्च भयो वा हुनेछ भन्ने अनुमान लगाउन सक्नुहुन्छ ?

यदि तपाईं २००–४०० करोड सोच्दै हुनुहुन्छ भने यहाँ रोकिनुहोस किनभने विश्वको सबैभन्दा महँगो शोका लागि ५४ हजार ७१४ करोड रुपैयाँभन्दा बढी खर्च गरिने भएको छ । यस पछि यस शोले अहिलेसम्मका सबै शो र सिनेमा निर्माणको रेकर्ड तोडेनेवाला पनि छ । । त्यसोभए हामी तपाईलाई बताउछौं संसारको सबैभन्दा महँगो शोको लागत कति छ र बजेट कति छ।

अहिलेसम्मको सबैभन्दा महँगो शो ४४० मिलियन डलरमा सम्पन्न भएको थियो र त्यो थियो ‘स्टार वार इपिशोड सातौं’ हो । तर अब यसलाई प्रतिस्थापन गर्न अर्को शो आउँदैछ, जसले बजेटको हिसाबले यसको रेकर्ड तोड्नेछ। विश्वको सबैभन्दा महँगो टिभी शो ४ अर्ब अमेरिकन डलरमा तयार हुदैँछ ।

हामी कुरा गरिरहेका छौं, ‘ह्यारी पोटर रिबुट’ को, जुन संसारको सबैभन्दा महँगो शो बन्ने भएको छ। यसको सेट बनाउन निर्माताले करोडौं रुपैयाँ खर्च गरिरहेका छन् । एक्सप्रेसको रिपोर्टका अनुसार ‘ह्यारी पोटर रिबुट’ को एक एपिसोडको लागि करिब १०० मिलियन डलर खर्च हुनेछ र जसका ६ वटा एपिसोड हुने छन् ।

यो रिपोर्टले ‘ह्यारी पोटर रिबुट’ को कुल बजेट ४.२ बिलियन डलर हुने दाबी गरिएको छ । यसअघि सबैभन्दा महँगो टिभी शो ‘लर्ड अफ द रिङ्सः द रिङ्स अफ पावर’ हो। जसको दुई सिजनको कुल बजेट १ अर्ब डलरभन्दा अलि बढी थियो । ‘ह्यारी पोटर’को नयाँ सिजनले यसलाई उछिनेको छ ।

उता, नयाँ ह्यारी पोटर सिरिजको बजेटको ठूलो हिस्सा सुटिङ र सेटमा खर्च हुने गरेको छ । त्यस शोको सुटिङका लागि सेट निर्माणमा नै १.३ बिलियन डलर खर्च भएको द सनले जनाएको छ । पूरै नयाँ सहर निर्माण गरिएको निर्माता बनाएका छन्, जसका लागि ठूलो रकम खर्च गरिएको छ ।

जेके रोलिङको उपन्यासमा आधारित यस शृङ्खलाको लोकप्रियता विश्वभर अत्याधिक छ। नयाँ शृङ्खला थप गहन हुने बताइएको छ ।