काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको गभर्नर सिफारिस समितिको बैठक बस्दैँछ ।
मंगलबार साँझ ६ बजे मन्त्रिपरिषद् बैठक अघि अपराह्न ४ बस्ने बस्ने सिफारिस समितिको बैठक बस्न लागेको हो ।
सो समितिले गभर्नरको नाम सिफारिस गरे पछि आज साँझ ६ः०० बस्ने भनिएको मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्त गर्ने सम्भावना बढेर गएको हो ।
अर्थमन्त्री पौडेल संयोजक रहेको सिफारिस समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य रहेका छन् ।
गभर्नर नियुक्तिका बारेमा आजै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । उक्त भेटमा गभर्नरमा डा.विश्व पौडेललाई बनाउने बारेमा सहमति जुटेको जनाइएको छ।
प्रतिक्रिया