यादव र तिम्सिना गैर आवसीय राजदुत नियुक्त

काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले दुई राजदूतलाई गैरआवासीय राजदूतमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अष्ट्रेलियाका लागि नेपालका आवासीय राजदूत चित्रलेखा यादव र मलेसियाका लागि नेपालका आवासीय राजदूत डा. नेत्रप्रसाद तिम्सिनालाई गैरआवासीय राजदूतमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार यादवलाई न्यूजिल्याण्डका लागि र तिम्सिनालाई ब्रुनाई दारुसलामका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरिएको हो।