संसद बैठक आज पनि बस्दै, नीति तथा कार्यक्रममाथि नै छलफल हुँदै

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज पनि बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक सवा १२ बजे बस्नेछ।

दुवै सदनका बैठकमा आर्थिक वर्ष २०८२र०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ।