रौतहट । सर्लाहीमा पेस्तोल र गोलीसहित एक युवक पक्राउ परेका छन । सर्लाही प्रहरीले पर्सा गाउँपालिका २ मा रहेको रवी होटलबाट सोही गाउँपालिकाको वडा नम्बर ४ का २३ वर्षीय दीपक साहलाई कटुवा पेस्तोल र गोलीसहित पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।
प्रहरी चौकी नारायणपुरका प्रहरी सहायक निरीक्षक किशोरी यादवले एक थान सानो कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोलीसहित साहलाई पक्राउ गरिएको जानकारी दिए ।
बरामद हतियारसहित उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याएर थप अनुसन्धान भइरहेको डीएसपी सरोज राईले जानकारी दिए ।
प्रतिक्रिया