काठमाडौं । विद्यालय शिक्षक कर्मचारी परिषद्ले नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आज नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बसेको आकस्मिक बैठकले आजै साँझ ७ बजे आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने घोषणा गरेको हो ।
सरकारसँग भएको सहमतिबारे जानकारी गराउन आयोजित कार्यक्रममा विद्यालयका कर्मचारीले आपत्ति जनाउँदै आफूहरुलेआन्दोलनलाइृ थप चर्काउने विद्यालय शिक्षक कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए ।
‘हामी आजै साँझ ७ बजे आन्दोलनका थप कार्यक्रम घोषणा गर्छौं,’ उनले भने, ‘महासंघले हामीसँग भएको सहमति विपरित सरकारसँग सम्झौता गर्यो । यसमा हाम्रो विमत्ति छ ।’
सरकारसँगको सहमतिबारे असन्तुष्टि राख्दै विद्यालय कर्मचारीले विरोध जनाएका थिए । उक्त विरोधपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी प्रहरीसँगको समन्वयमा रत्नराज्यबाट टाप कसेका थिए ।
लगत्तै बसेको परिषद्को बैठकले पुनः आन्दोलनमा जाने चेतावनी दिएको हो ।
प्रतिक्रिया