काठमाडाैं ।नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चाैधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्बाेच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट आफै पक्राउ परेका छन् ।
उनलाई पक्राउ गरेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा लगिएको सर्वोच्च अदालतका एक जना अधिकृतले जानकारी दिए । विष्टलाई काठमाडौं प्रहरी परिसरको टोलीले सर्वोच्चबाट पक्राउ गरेर लगिएको छ । उनलाई हिरासतमा राखिएको छ ।
पक्राउ गर्न गएको टोलीको एक सदस्यका अनुसार विष्टले टीकापुर घटनामा ज्यान गुमाएका मान्छेहरूको आत्माले पोलेकाले पत्र लेखेको बयान दिएका थिए। सर्वोच्चको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत विष्टले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि भएको आममाफीको निर्णय नै उल्ट्याइ दिएका थिए ।
जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणा कार्यक्रममा सहभागी हुन जाने क्रममा रेशम प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए । उनी पक्राउ परेपछि दुई पार्टीबीचको एकता नै भाँडिएको छ ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी तत्कालै छुट्ने भएका छन् । उनलाई थुनामुक्त गर्न सर्वाेच्च अदालतको पत्र प्रहरीमा पुगेको छ ।
प्रतिक्रिया