काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सरकार छोड्ने भएको छ । पार्टी संरक्षक रेशम चौधरी पक्राउ परेपछि नाउपाले सरकार छाड्ने तयारी गरेको हो।
‘सरकार चाहिँ हाम्रा नेता पक्राउ गर्ने अनि हामीले चाहिँ समर्थन दिइरहनु पर्ने अनि सरकारमा बसिरहनु पर्ने ? त्यस्तो हुँदैन, हामी चाँडै सरकारबाट बाहिरिन्छौं । आजै पार्टीले यसबारे निर्णय गर्छ’, पार्टी प्रवक्ता दामोदर पण्डितले भने ।
चौधरी आज मात्रै काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका छन् । डा. सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा सभामा सहभागी हुन पुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो । नाउपाबाट अरुणकुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् ।
प्रतिक्रिया