काठमाडाै । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाडौंको चलानी नं ६४४९ मिति २०८२।०१।१० गतेको पत्रादेशानुसार आज मिति २०८२।०१।१७ गते ई.प्र.का. सुगरखालचुवा कटासे लम्की कैलालीबाट यस कार्यालयमा सरुवा भई हाजिर हुन आउनु भएका प्र.नि. यज्ञ राज भट्टज्यूलाई स्वागत तथा यस कार्यालयबाट तालुक अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगाल काठमाडौं सरुवा भई जान लाग्नु भएका प्र.नि. दल कुमार राई ज्यूलाई एक कार्यक्रमको बिच प्रहरी प्रभाग कोटेश्वरकाप्र.नि. यज्ञ राज भट्टद्वारा मायाको चिनो प्रदान गरी “बिदाई तथा फेरी भेटौला” कार्यक्रम सम्पन्न ।

उक्त कार्यक्रममा उपस्थित सम्पुर्ण प्रहरी अधिकृत तथा जवानहरुलाई सरुवा भई जान लाग्नु भएका प्र.नि. दल कुमार राई ज्यूले यस प्रभागमा करिब १ वर्षसम्म रहदा बस्दाका आफ्ना अनुभवहरु व्यक्त गर्नुको साथै अमुल्य निर्देशनहरु समेत व्यक्त गर्नु भयो ।
प्रतिक्रिया