आज पनि शिक्षक आन्दोलन जारी रहने

काठमाडौं । शिक्षक आन्दोलन आज पनि जारी रहने भएको छ । हिजो सरकारसँग भएको वार्ता सकारात्मक भए पनि टुङ्गोमा नपुगेपछि आज पनि शिक्षकहरुले आन्दोलन जारी राख्ने भएको हो ।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुबेदीले आज बिहान उनले आन्दोलनमा सहभागी हुनका लागि पहिला झै माइतीघर मण्डलामा आउन अनुरोध गरेका छन् ।

‘हाम्रो आन्दोलन जारी छ, आज पनि ठिक ११ः ०० बजे माइतीघर मण्डला आउनुहोला’ उनले भनेका छन्, ‘राज्य दिन चाहँदैन्, आन्दोलन बिना केही पाईदैन् । त्यसैले आन्दोलन बलियो गराऔ।’

गत चैत २० गते देखी जारी आन्दोलन आज २७ औं दिन पुगेको हो ।